नेपालको लगातार दोस्रो जित, कुवेत ९ विकेटले पराजित

File Photo
File Photo

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाल विजयी भएको छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहीबार कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो।

कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलव ३ ओभरमा केवल एक विकेट गुमाएर पूरा गरेको छ। नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अल आउट हुँदै जम्मा २७ रन जोडेको थियो।

नेपालकी संगिता राईले सर्वाधिक तीन विकेट हात पारेकी हुन्। कप्तानी रुविना क्षेत्री र करुणा भण्डारीले दुई–दुई विकेट लिए। सरस्वती कुमारी चौधरी र कप्तान रुविना क्षेत्रीले एक–एक विकेट लिए।

ग्लोबल छनोटमा पर्न नेपाललाई आज कुवेतविरुद्धको खेल जित्नुपर्ने दबाब छ। यसअघिको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै, नेपालले एसिया छनोटअन्तर्गत चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौँ खेल आइतबार यूएईविरुद्ध खेल्नेछ।

छनोटमा ६ टिम सहभागी छन्।

प्रकाशित मिति: : 2021-11-25 13:31:00

प्रतिकृया दिनुहोस्