लिभरपुल र एस्टन भिल्लाको जित

File Photo
File Photo

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन्। शुक्रबार १३ औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन्। 

घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४–० ले पराजित गर्यो। लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिअगो अल्कान्तराले र भर्जिल भान डाईकले एक एक गोल गरे। 

अर्को खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले हरायो। अन्य खेलमा   न्युक्साललाई आर्सनलले २–० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले।

जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ। आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा  एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा छ। 
 

प्रकाशित मिति: : 2021-11-28 08:51:00

प्रतिकृया दिनुहोस्