अस्ट्रेलियामा पनि देखियो 'ओमिक्रोन' भेरियन्ट

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ। दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो। उनीहरु   दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो।

तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो। उनीहरु सबै जना क्वारेन्टिनमा छन्। त्यस्तै,  विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
 

प्रकाशित मिति: : 2021-11-28 15:02:00

प्रतिकृया दिनुहोस्