सौराहाको होटल पार्क सफारीको रूम नं. २२२

अनलाइनखबर

काठमाडाैँ

 चितवनको सौराहास्थित होटल पार्क सफारीमा यतिबेला सबैको ध्यान केन्द्रित छ । कारण, एमालेका अध्यक्ष केपी ओली यहीँ होटलमा बसेर पार्टी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व बनाउन कसरतमा छन् ।

एमाले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र वरपर देखिन्छन् । उनीहरु बेला बेला ओली बसेको होटल नजिक आउँछन् । नेताहरुबाट केही कुरा निस्कन्छ कि भनेर कुनै नेता आए वरपर झुम्मिन्छन् । 

अध्यक्ष ओलीको कोर टिमबाहेक अन्य नेताहरुलाई होटल भित्र के भइरहेको छ भन्ने पनि त्यति जानकारी छैन । महाधिवेशनका अधिकांश प्रतिनिधिहरुको मनोविज्ञान सकभर सहमतिमै नेतृत्व चयन होस् भन्ने छ ।

बन्दसत्रको दोस्रो दिन विहान १० बजेअघि नै आसन ग्रहण गराइसक्न भनेका ओली आइतबार दिनभर होटलबाट बाहिर निस्किएनन् । उनले पार्टीका विभिन्न नेताहरुसँग चरणबद्ध रुपमा यही होटलको बैठक कोठामा दिनभरजसो सघन छलफल गरे ।

उनलाई महाधिवेशनको बन्दसत्र हलले नेतृत्वमा सहमति गर्न अधिकार प्रत्यायोजन गरेको थियो । होटलमा एमाले अध्यक्ष ओलीबाहेक नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, महेश बस्नेतलगायतका छन् ।

प्रकाशित मिति: : 2021-11-28 20:38:00

प्रतिकृया दिनुहोस्