सर्वोत्तम प्रकरणले ‘बुक बिल्डिङ’ नै अलपत्र, हच्किए कम्पनी !

अनलाइनखबर

काठमाडौँ
File Photo
File Photo

सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण विवादमा परेपछि बजारले मूल्य निर्धारण गर्ने विधि (बुक बिल्डिङ) नै अवरुद्ध भएको छ।

शेयर जारी नहुँदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेजका पदाधिकारीकै परिवारको सदस्यले शेयर किनेको भेटिएपछि सर्वोत्तम सिमेन्टको शेयर कारोबार विवादमा परेको थियो।

छोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई नै सरकारले बखास्त गर्‍यो भने, पत्नीको नाममा शेयर खरीद गरेको भेटिएपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत निरज साउदले राजीनामा दिए।

ढुंगानाको बर्खास्तीपछि धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रिया अगाडि बढाएको छैन। सर्वोत्तम सिमेन्टबाहेक अरु कम्पनीले पनि बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ जारी गर्न इच्छा देखाएका थिए। तर सर्वोत्तमको विवाद सतहमा आएपछि उनीहरु यो प्रक्रिया शुरु गर्न अग्रसर देखिएका छैनन्।

प्रकाशित मिति: : 2021-11-30 15:57:00

प्रतिकृया दिनुहोस्