अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

बिएल संवाददाता

अकल्याण्ड 

अमेरिकाको मिसिगन राज्यको अक्सफोर्ड हाइ-स्कुलमा एक आतंककारीले अन्दाधुन्द गोली प्रहार गर्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने सात विद्यार्थी र एक शिक्षक गम्भीर घाइते भएका छन्। उक्त घटनामा प्रहरीले एक १५ वर्षीय बालकलाई हिरासतमा लिएको छ।

ओकल्याण्ड काउन्टीका प्रहरी प्रशासकलाई उद्दरित गर्दै अमेरिकी सञ्चार माध्यम सी.एन.एन.ले जनाएअनुसार, मृत्यु हुने तीन जनाको उमेर  १४, १६ र १७ रहेको ओकल्याण्ड काउन्टीका प्रहरी शेरिफ माइकल बुचार्डले बताए।  मृत्यु हुनेहरु सबै अमेरिकाकै स्थायी बासिन्दाका छोराछोरी हुन्।

बुचार्डका अनुसार घटनापछि भएको भाग दौडमा अन्य थुप्रै व्यक्तिलाई सामान्य चोटपटक लागेको समाचार छ।  धेरैलाई घटनास्थलनजिकै सामान्य उपचारपछि घर पठाइएको छ।

घटनाका सन्दिग्ध त्यही विद्यालयमा ‘हाइ-स्कुल’ पढ्ने रहेको बुचार्डले बताए। ‘उनलाई घटनास्थलमा प्रहरी पुगेको २-३ मिनेटभित्र हिरासतमा लिइयो,’ उनले भने।

बुचार्डका अनुसार, प्रहरीले सन्दिग्धबाट नियन्त्रणमा लिएको  ‘अर्ध-स्वचालित ह्याण्डगन’ उसका बुवाले शुक्रवार किनेर ल्याएका थिए। प्रहरीले नियन्त्रणमा लिँदाबखत त्यो बन्दूकमा अझै सात राउन्ड गोली बाँकी रहेको पाइएको उनले जानकारी दिएका छन्।  

अधिकारीहरूका अनुसार, घटना स्थलमा कम्तीमा पनि १५ देखि २० राउन्ड गोली चलेको  थियो।  अहिलेसम्मको  अनुसार घटना सन्दिग्ध एक्लैले गरेको प्रारम्भिक बुझाई भएको अर्का एक अधिकारीले बताए।

उनले सन्दिग्धलाई एक वयस्कका रूपमा मुद्दा चलाइन सकिने बताए पनि त्यसको जिम्मा भने ओकल्याण्ड काउन्टीको अभियोजन कार्यालयको हातमा हुने छ।

घटनाप्रति दु:ख व्यक्त गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो हृदय शोक सन्तप्त  परिवारहरूसँग रहेको बताए।

यसैगरी मिसिगन कयौँ राज्यका उच्च अधिकारीहरूले पनि  घटनाप्रति दु:ख व्यक्त शोकमा डुबेका परिवारहरूप्रति समवेदना व्यक्त गरेका छन्। मिसिगनका गभर्नर ग्रेचेन व्हिट्मरले घटना प्रति दुख व्यक्त गर्दै  प्रति समवेदना व्यक्त गरे।

'विद्यालयमा हुने यस्ता गोलीकाण्ड अमेरिकको असामान्य समस्या हो, जसलाई हामीले सम्बोधन गर्नु पर्छ,' व्हिट्मरले भने, 'मलाइ लाग्छ यसले प्रत्येक माता-पितालाई ऐँठन दिने गर्छ।'
 

प्रकाशित मिति: : 2021-12-01 14:02:00

प्रतिकृया दिनुहोस्