फिल्म ‘बिच्छेद’को छायांकन सकिएको छ। कोरोना महामारीका कारण रोकिएको फिल्म ‘बिच्छेद’ को करीब दुई बर्षपछि सम्पूर्ण छायांकन सकिएको हो।
निर्देशक सत्यराज चौलागाईंले निर्देशन गरेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ।
राज पण्डित, सुबास राई र साबी बज्राचार्यको लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।