 
                                            
                                        
                                     
                                ईश्वरी राई (इशु)
रोल्पाको परिवर्तन गाउँपालिका (साविक राङकाेट गाविस) की स्थायी बासिन्दा हुन्– प्रेमकुमारी पुन। उमेरका हिसाबले उनी ५८ वर्ष पुगिन्। २० वर्षदेखि उनी सिस्नु र भाँगो (गाँजाको बोट) बाट अल्लो धागो र पोशाक उत्पादनमा रमाउँदै आएकी छिन्।
प्रेमकुमारी रोल्पाकी पहिलो अल्लो व्यवसायी हुन्। उनले ‘चिनारी महिला साझेदारी अल्लो उद्योग समूह’ सञ्चालन गरेका २० वर्ष बितेको छ।
अल्लो पकाउनु, त्यसलाई चर्खाबाट धागो बनाउनु, अनि पोशाक तयार गर्नु नै उनको दैनिकी हो। उनले कोट, स्टकोट, टोपी, पछ्यौरा, गलबन्दी, ‘पर्स’ र ‘स्कूल ब्याग’ लगायतका सामग्री बनाएर बेच्ने गरेकी छन्।
प्रेमकुमारीका उत्पादनको माग नेपालमा मात्र सीमित छैन, उनको बजार विदेश र समुद्रपारसम्म समेत रहेको उनले बताइन्। ‘हामीले बनाएका अल्लो सामान विदेशीले पनि लैजान्छन्’, उनले बिएल नेपाली सेवासँग भनिन्, ‘त्यस्ता हस्तकलाका सामानहरु खूब रुचाउँछन् कुइरेले।’
उनले करिब ४ लाख रुपैयाँ लगानी गरेर सुरु गरेकी थिइन्, व्यवसाय। अहिले यसैको व्यापारबाट एकपल्टमा १५ लाखसम्म आम्दानी भित्र्याएकी छिन् उनले। एकैपटक लगानीको चौबरसम्म पैसा आउँदा निक्कै खुशी लागेको उनले बताइन्, ‘मेहनतको फल पाउँदा साह्रै खुशी मिल्ने रहिछ।’
महिलाले पनि केहीँ गर्नुपर्छ भन्ने सोच लिएर मैदानमा उत्रिएकी उनले अहिले सयौँ नारीलाई रोजगारी दिइरहेकी छन्। महिला आत्मनिर्भर नभई सशक्तिकरण नहुने बताउने उनले भनिन्, ‘यदि महिला आत्मनिर्भर रह्यो भने कसैको भरमा रहनुपर्दैन। त्यही तागतले मात्र उनलाई आफू पनि समाजमा पुरुषसरह भएको आत्मविश्वास जाग्छ। आर्थिक रुपमा सबल नभई महिलाले समान हुँ भन्ने शक्ति आर्जन गर्न सक्दैन।’
अल्लो व्यवसायबाट नाम कमाउन सफल मात्र होइन, आर्थिक रुपमा पनि सबल भएकी छिन् प्रेमकुमारी। उनलाई अहिले विभिन्न मेला महोत्सवमा आयोजना गरिने हस्तकला प्रदर्शनीका लागि निम्तो आउने गरेको छ। उनी आफ्नो कलाकै कारण धेरै पुरस्कारले सम्मानित पनि भइसकेकी छन्।
‘म अहिले जे छु र जे गर्दैछु, त्यो सबै मेरी आमाको कारण सम्भव भएको हो’, आफ्नो सफलताको श्रेय आमा भानमतीलाई दिने उनले भनिन्, ‘यदि मेरो आमा नहुँदो हो त म अहिले यहाँ हुन्नथेँ।’
 जीतबहादुर रोका मगर र भानमती मगरबाट ०२० सालमा जन्मिएकी प्रेमकुमारी आफ्ना पितामाताकी छैँठौँ सन्तान हुन्। त्यति बेला छोरीहरुलाई पढाउने चलन थिएन।
जीतबहादुर रोका मगर र भानमती मगरबाट ०२० सालमा जन्मिएकी प्रेमकुमारी आफ्ना पितामाताकी छैँठौँ सन्तान हुन्। त्यति बेला छोरीहरुलाई पढाउने चलन थिएन।
छोरीका लागि शिक्षा त्यसबेला दूर्लभ थियो। ‘कालो अक्षर भैँसी बराबर’ भन्ने त्यसबेलाको रोल्पाली समाजमा छोरीलाई शिक्षा कल्पनाभन्दा बाहिरको कुरा थियो। ‘छोरीहरुलाई पढाउनु हुन्न भन्थे, रहर गरेर छोरीहरु भागेर स्कुल गए भने कुट्दै घर ल्याउने चलन थियो’, उनले आफ्नो स्कुले जीवनकालको समाज सम्झदै भनिन्, ‘छोरी भनेको अरुको घर जाने जात हो भन्दै घरका कामहरु मात्र पो लगाउँथे त !’
‘छोरीलाई पढाउनुहुँदैन’ भन्ने समाजको बार नाघ्दै प्रेमकुमारीले उही बेला ‘कखरा’ सिकिन्। उनले पढ्दिन भन्दा समेत ‘धर’ पाइनन्।
‘स्कुल जान्न’भन्दा उनलाई घरकाले कुटीकुटी पठाएको उनले बताइन्। ‘म शायद् घरकी कान्छी छोरी भएकोले होला, मलाई माया गरेर पढाउनुभएको’, उनले भनिन्।
पिता काम गर्न ‘इण्डिया’ जान्थे। आमा घरको काम सम्हाल्थिन्। अनि अल्लोबाट बन्ने सामानहरु पनि बनाउने गर्थिन्। खान–लगाउनमा केहीँ दुःख थिएन।
गाउँमा रवाफसँग बाँचेका थिए– रोका परिवार। ‘मेरो बुबा मान्छे इमान्दार हुनुन्थ्यो। अरुभन्दा जानेबुझेँको, त्यसैले गाउँकाले मान्ने गरेका थिए’, उनले बताइन्।
पैसा कमाउन छिमेकी देश गएका पितालाई घरका खबर दिनका लागि चिठ्ठी लेखेर पठाउने गर्थिन्। ‘ऊबेलामा सबै पढेका हुँदैनथ्यो’, उनले भनिन्, ‘तर मेरो आमाबाबुले पढाउनुभयो।’
 पुरुष प्रधान समाजमा स्कूल पढ्ने उनी छात्रका बीच उनी एक मात्र छात्रा थिइन्। ‘अरुले नपाएको अवसर मैले पाएकी थिएँ’, उनले भनिन्।
पुरुष प्रधान समाजमा स्कूल पढ्ने उनी छात्रका बीच उनी एक मात्र छात्रा थिइन्। ‘अरुले नपाएको अवसर मैले पाएकी थिएँ’, उनले भनिन्।
बिस्तारै गाउँघरका मानिसमा पनि चेतना बढ्दै गयो। अनि अरु अभिभावकहरुले पनि आफ्ना छोरीहरुलाई स्कुल पठाउन थाले।
छोरीहरुलाई स्कुल पठाउँदा उनीहरुको उमेर १६ वर्ष नाघेको उनले बताइन्। ‘केटीहरुले १६ वर्ष लागेपछि बल्ल कक्षा–१ मा पढ्न पाए’, उनले भनिन्।
जुन बेला अरु केटीहरु स्कूल जान लागे। त्यस बेला त प्रेमकुमारीले एसएलसी दिइसकेकी थिइन्। उनी एसएलसीमा पास हुनासाथ रोल्पामा पढाउन थालिन्।
प्रेमकुमारी कुलेरी प्रा.वि बालकल्याण उपवाङ, राङकोट मौलाकोट र लामिडाँडा विद्यालयकी शिक्षिका भइन्। जहाँ उनको भेट देवप्रसाद पुनसँग भयो। अनि बिस्तारै दुई जनाबीच प्रेम बस्यो। सरकारी जागिरे दुवैले ०४० सालमा भागेर विवाह गरे।
दुवै जना जागिरे भएकाले जीवन सुखसँग बित्ने कल्पिन थाले तर केही वर्षपछि देवप्रसाद सुराकी हो भन्ने आरोप आयो। त्यति बेला माओवादीको सुराकी हुनेगरेकाले उनी पनि त्यसैमा मुर्छिए। उनलाई जिल्लाले सुराकी हो भन्दै पक्राउ गर्न थाल्यो।
‘तलब लिनका लागि सदरमुकाम लिबाङ पुग्नुपथ्र्यो’, उनले माओवादी द्वन्द्वका समय स्मरण गर्दै भनिन्, ‘त्यही तलब लिन जाँदा सुराकी हो भनेर सम्झिएछन् क्यारे !’
श्रीमानलाई लगाएको आरोपबाट छुटकारा पाउन दुवैले सरकारी जागिर छोड्ने निर्णय गरे। अनि दाङ सरे। ‘ज्यानभन्दा पैसा ठूलो होइन। त्यसैले सरकारी जागिर छोड्यौँ’, उनले भनिन्।
 दाङमा झरेर के काम गर्ने होला भन्ने अन्यौलमा परेका उनीहरु अल्लोको व्यवसाय गर्ने सोच बनाए। सुरुवातमा उनले अल्लोको धागो बनाउन चाल्ने सिस्नो, गाँजाको बोट प्रयोग गरिन्। जुन उनले आमा भानमतीबाट सिकेकी थिइन्।
दाङमा झरेर के काम गर्ने होला भन्ने अन्यौलमा परेका उनीहरु अल्लोको व्यवसाय गर्ने सोच बनाए। सुरुवातमा उनले अल्लोको धागो बनाउन चाल्ने सिस्नो, गाँजाको बोट प्रयोग गरिन्। जुन उनले आमा भानमतीबाट सिकेकी थिइन्।
प्रेमकुमारीले अल्लोको सामान बनाउन पहिले नै जानेकी थिइन। आठ वर्षकी हुँदादेखि नै आमाबाट त्यस्तो काम गर्न सिकेको उनले बताइन्।
‘अरु काम गरौँ भने केही जानेका थिएनौँ। त्यसैले अल्लो व्यवसाय गर्ने सोच बनायौँ’, उनले भनिन्, ‘परम्परागतको पोशाक अनि आमाले सिकाएको सीप हो। त्यसैले पनि अल्लो व्यवसायमा मन लागेको हो।’
दुवैको सहमतिमा सुरुवात गरेको व्यवसाय अहिले फस्टाएको देख्दा निक्कै हर्षित छन्, पुन दम्पती। अबको उनीहरुको लक्ष्य भनेकै स्वदेशी सामान देशमा मात्र नभई विदेशमा पनि निर्यात गर्नु हो।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया