सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना न्यायाधीशविरुद्धउजुरी परेको छ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी परेको बताएकी हुन्।
उनका अनुसार मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई–दुई वटा र शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको हो।
उजुरीकर्तालाई शुक्रबार समितिको बैठकमा बैठकमा आमन्त्रण गरिएको छ।
भिडियो-
000
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा असार १७ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई बोलाएर छलफल गराउने आदेश दिएको हो।
आफू रास्वपाको महामन्त्री रहेको र पार्टीले निष्कासन गरेको निर्णय गलत रहेको दाबी गर्दै उनले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।
रास्वपाले ढकाललाई २०८१ भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी निष्काशिन गरेको थियो।
000
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्।
नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मलको हाहाकार भइरहने बताएका हुन्।
आफू मन्त्री भएपनि मुलुकमा आर्थिक सीमिताको कारणले धेरै काम गर्न नसकेकाे उनकाे दुखेसाे थियाे।
000
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले निजी विद्यालय १५ वर्षमा गैरनाफामुलक बनाउनुपर्ने बताएकी छन्।
शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै उनले १५ वर्षभित्रमा निजी विद्यालयहरू गैरनाफामुलक हुनुपर्ने बताएकी हुन्।
संविधानको स्प्रिट अनुसार निजी विद्यालयहरूलाई गैरनाफामुलक बनाउनुपर्ने उनको भनाइ थियो।
000
इरानबाट उद्धार गरिएका भारतीय नागरिकसँगै तीन जना नेपाली पनि भारत आइपुगेका छन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार इरानबाट आज २ सय ७२ भारतीय र तीन नेपाली नागरिकलाई दिल्ली ल्याइपुर्याइएको हो।
रणधीर जयसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत भारतले सञ्चालन गरेको अपरेसन सिन्धु'अन्तर्गत उनीहरूलाई इरानबाट उद्धार गरी ल्याइएको जानकारी दिएका हुन्।
000
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो।
टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।