थप २८० जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ। 

प्रकाशित मिति: : 2021-12-08 16:53:00

प्रतिकृया दिनुहोस्