सुमिस्ता र पुनमलाई स्वर्ण

धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दिलीप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे।

पुरुषतर्फ १९ केजीमुनि आयोजक ‘बी’ का सजन लामा, २०–२२ केजीमा आयोजक ‘ए’ का आरुस राई, २२–२४ केजीमा रोकन कामत केवत, २४–२७ केजीमा ढल्कु तेक्वान्दो डोजाङका रिडम बिसी र २७–३० केजीमा आयोजक ‘बी’ का सुशान्त भुजेलले पहिलो स्थान हात पारे। 

महिला २०–२२ केजीमा दिलीप स्मृतिकी कृपा गौतम तथा २५–२७ केजीमा द गुर्खाकी प्रिस्का मगरले स्वर्ण जिते।

दुईदिने प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजाङका प्रमुख सुरेश मानन्धरले जनाएका छन्।

प्रकाशित मिति: : 2021-12-10 20:09:00

प्रतिकृया दिनुहोस्