कालीगण्डकी जोगाउन कस्सिएका फोटोग्राफर

शिलापत्र

काठमाडौँ

रनवन डुल्दै फोटो खिच्ने आर के अदिप्त गिरि अचेल कालीगण्डकीको तिरमा भेटिन्छन्। आफ्ना समकालीन, अग्रज र अनुज साहित्यकारको किताबमा राख्न योग्य तस्वीर खिचिदिएर गुन लगाएका गिरिलाई साहित्यिक वृतमा ‘फोटो कवि’को उपनाम प्राप्त छ। तर, आजभोलि फोटोग्राफी थान्को लगाएर गिरि कालीगण्डकी जोगाउन कस्सिएका छन्।

क्यामेरा र बडेमानका लेन्स कोठामा थन्काएर उनी ‘सेभ कालीगण्डकी’ ह्यासट्याग चलाइरहेका छन्। ८ सय १४ किलोमिटर लामो कालीगण्डकी नदीको प्राकृतिक स्वरुप जोगाउने अभियानमा होमिएका छन्।

कोरोना कहरसँगै काठमाडौं मुकाम छाडेर पर्वतको कुश्मा बजारतिर हान्निएका गिरिलाई, अन्धाधुन्द काली बगर उधिनिरहेका डोजर/एक्साभेटर कोरोना जस्तै भयानक महामारी लाग्दा भए।

अनि दुब्लो, पातलो काया र कवि मनका गिरि, दाह्रा/नग्रांले दिनरात नभनी कालीबगर खोतलिरहेका डोजरसँग भिड्न कस्सिए। ‘त्यस्तो राम्रो काली(गण्डकी) कुरुप बनाए,’ गिरि सौन्दर्यशास्त्रको आँखाले हेर्छन, ‘विरुपै हुनेगरी दोहन गरे।’

प्रकाशित मिति: : 2021-12-13 11:36:00

प्रतिकृया दिनुहोस्