दाङ मार्शल आर्ट्स हाप्किडो संघ पुनर्गठन, अध्यक्षमा पुन: बुढामगर चयन 

दाङ मार्शल आर्ट्स हाप्किडो संघ पुनर्गठन गरिएको छ। नेपाल मार्शल आर्ट्स हाप्किडो संघ केन्द्रले तत्कालिन जिल्ला संघलाई भंग गर्दै पुनर्गठन गरेको हो।

पुनर्गठित दाङ मार्शल आर्ट्स हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पुनः भुवन बुढामगरले पाएका छन्।

१३ सदस्यीय पुनर्गठित संघको उपाध्यक्षमा बसन्त घर्ती मगर, गोपाल बुढा र तारासिंह बुढा मगर, सचिवमा राजेन्द्र रोका मगर र कोषाध्यक्षमा एलिसा खड्का रहेका छन्।

सदस्यमा प्रिन्स बिष्ट, हुकुम गिरी, बिधान आचार्य, बिमल बिष्ट, शिशिर पुन मगर, भीम केसी र एलिना खड्का रहेका छन्। हाप्किडो संघ दाङले आगामी माघमा घोराहीमा पाँचौ राष्ट्रिय हाप्किडो प्रतियोगता पनि  गर्दैछ।

प्रकाशित मिति: : 2021-12-14 18:11:00

प्रतिकृया दिनुहोस्