श्रीलंकाविरुद्ध नेपालकी कुशुमले अग्रपंक्ति समाल्ने

File Photo
File Photo

मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले यु–१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा दुई खेलाडी परिवर्तन गरेका छन्। फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन्।

श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन्। यस्तै, डिफेन्समा सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन्।

मिडफिल्डरमा प्रीति राई, सविता राना मगर, रश्मि कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन्।

अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेट पछि मात्रै मौका पाउँदा सविना भने बेन्चमै थिईन्।

आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो।

नेपाली टोली :

गोलरक्षक : अन्जना राना मगर (कप्तान)

डिफेन्डर : सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का

मिडफिल्डर : मेनुका कुमारी आले मगर, प्रीति राई, रश्मि कुमारी घिसिङ र सविता राना मगर

फरवार्ड : रजनी थोकर र कुशुम खतिवडा

प्रकाशित मिति: : 2021-12-15 14:36:00

प्रतिकृया दिनुहोस्