न्यूनवादी जीवनशैली : आफू पनि सुखी, वातावरण पनि खुसी

शिलापत्र

काठमाडौँ
File Photo
File Photo

न्यूनवादी सिद्धान्त भन्छ– 'केही अपवादबाहेक कुनै पनि सामान तपाईं ४५ देखि ९० दिनसम्म पनि प्रयोग गर्नुहुन्न भने त्यो सामान तपाईंको आवश्यकताको होइन।'

अब आफैँ विचार गर्नुस् त, तपाईंको घरमा ९० दिनसम्म पनि प्रयोगमा नआएका कपडा तथा समानहरू कति छन्, जसले तपाईंलाई कुर्दाकुर्दै थोत्रिनुपरेको छ ? जसले तपाईंको बाकस, दराज तथा स्टोर कोठामा ढुसी तथा धुलो पालेर बस्नुपरेको छ ?

यदि तपाईंसँग पनि प्रयोगमा नआएका कपडा तथा सामानहरू तपाईंको दराज या स्टोरमा छन् भने तपाईंले न्यूनवादी जीवनशैली अपनाउनुपर्ने बेला आयो। जसले तपाईंलाई आर्थिक र मानसिक सन्तुष्टि मात्र हैन, बिग्रँदै गइरहेको वातावरणलाई पनि राहत दिलाउँछ। वातावरणले प्राकृतिक स्वरूप पाउन थाल्छ। 

प्रकाशित मिति: : 2021-12-17 16:22:00

प्रतिकृया दिनुहोस्