कमरेडको रातो श्रीपेच

शिलापत्र

काठमाडौं

नारायणी किनारमा ओली कमरेडको महाउत्सव चलिरहँदा म भने आफ्नै अतितको यात्रामा मग्न थिए। आँखाको डिलमा नाँच्दै थिए, स्कुले जीवनका चञ्चल र मगनमस्त क्षणहरू। एकदिन, ०३९ सालको कुरा हो। सरद् ऋतुको साँझ, दाइको सिरानेमुनी के के खोजीबस्दा एउटा सानो चिठी फेला पर्‍यो। पठाउनेको नाम थियो भैरु न्याैपाने। उनले दाइलाई कमरेड भनेर सम्बाेधन गरेका थिए । मैले कमरेड शब्द पहिलो पटक पढेको त्यहिँ हो।

अर्को वर्ष अनेरास्ववियुको जिल्ला सम्मेलनका लागि सहयोग संकलन गर्न स्कुलमा केही थान रसिद आइपुगे। एकबुक मेरो हातमा पनि पर्‍यो।

मैले सहयोग माग्दै गुरु तुलसी न्यौपानेलाई पत्र लेखे। सम्बाेधन ठोके ‘कमरेड’। अनेरास्ववियुको सम्मेलनस्थल थियो, संखुवासभाको उत्तरपुर्वी गाँउ। र, म थिए सम्मेलनको कान्छो प्रतिनिधि। चैनपुरमा पुष्पलता र प्रगति दिदीको घरमा खाना खाईवरी साँझ हामी लुक्दै लुक्दै सम्मेलनस्थलतिर लाग्यौँ। अँध्यारोमा लड्न लागेको बेला मेरो हात समाउँदै दाई गोपाल थोप्राले मलाई सम्बाेधन गरे– कमरेड। म गदगद् भए । त्यसपछि मलाई कमरेड शब्द बिछट्टै मन पर्न थाल्यो। 

प्रकाशित मिति: : 2021-12-18 10:24:00

प्रतिकृया दिनुहोस्