स्पेनिस ला लिगा: बार्सिलोना विजयी

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेलाई ३–२ अन्तरले पराजित गरेको छ। शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला , गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे। भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे। 

साँतौ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो। त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए। 

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित साँतौं स्थानमा छ।  इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ। 

यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो। घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे। 

जितसँगै सेभिया १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ। ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ। 

प्रकाशित मिति: : 2021-12-19 08:44:00

प्रतिकृया दिनुहोस्