ए डिभिजन लिग : शेर्पालाई बीबीसीको चुनौती

File Photo
File Photo

सहिद स्मारक ए डिभिजन लिगमा आईतबार एउटा मात्रै खेल हुँदैछ। पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) को सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे शेर्पाले बीबीसीको चुनौती सामना गर्न लागेको हो।

शीर्ष डिभिजनको लिगमा शेर्पा पहिलो जितको खोजीमा छ। २ जित निकालेको र २ बराबर गरेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ। यता, ब्रिगेड भने दोस्रो जित निकाल्ने दाउमा छ। एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ।

जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन। यता, युवा खेलाडीको साथमा भने बीबीसीले सामान्य प्रदर्शन गरिरहेको छ।

प्रकाशित मिति: : 2021-12-19 10:41:00

प्रतिकृया दिनुहोस्