तरलता संकटको हुण्डरी : सहकारी पनि खतरामा !

रातोपाटी

काठमाडाैं

तरलता संकटले सहकारी क्षेत्रलाई पनि छ्याप्पै छोपेको छ। लगानीयोग्य रकम ९तरलता० अभावमा बैंक तथा वित्तीय संस्थाहरूले हात उठाउनुपर्ने स्थिति निम्तिएको छ। सहकारी क्षेत्र पनि यसको मारमा परेको हो।

यतिखेर सहकारी क्षेत्र तरलता व्यवस्थापनबारे अन्योलमा छ। झण्डै ३० हजार सहकारी, १५ वटा विषयगत संघ र एक मात्र सहकारी बैंक ‘राष्ट्रिय सहकारी बैंक (एनसीबीएल)’ तरलता व्यवस्थापनको पिरलोमा परेका छन्।

घट्दो डिपोजिट (निक्षेप), तर बढ्दो कर्जा मागबीच नियामक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय क्षेत्रमा सीडी रेसियो (कर्जारनिक्षेप अनुपात) कडाइ गरिदियो। सोहीकारण यतिखेर बैंक तथा वित्तीय संस्थाहरू थप लगानी गर्न सक्ने अवस्थामा छैनन्। यसैको प्रभावका कारण पछिल्ला दिनहरूमा ऋणीहरू क्रमशः सहकारीतर्फ आकर्षित हुँदा सो क्षेत्रमा समेत तरलता अभाव देखिन थालेको हो।

प्रकाशित मिति: : 2021-12-20 14:52:00

प्रतिकृया दिनुहोस्