एसीसी यु–१९ क्रिकेट: कुवेतविरुद्ध सान्त्वता जितको खोजीमा नेपाल

File Photo
File Photo

सुरुआती दुई खेलमा पराजित नेपाल एसीसी यु-१९ एसिया कप क्रिकेटको अन्तिम खेलमा आज मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। यूएइको आईसीसी एकेडेमीमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

सुरुआती दुई खेलमा हार बेहोरेको नेपाल कुवेतविरुद्ध पहिलो जितको खोजीमा छ। देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना जित निकाल्ने दाउमा छ।

कुवेत समेत प्रतियोगितामा जित विहिन रहेको छ। कुवेत समेत सान्त्वना जित निकाल्ने दाउमा छ।

यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ।

प्रकाशित मिति: : 2021-12-28 09:45:00

प्रतिकृया दिनुहोस्