नेपाली महिला भलिबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
बंगलादेशको ढाकामा मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो। मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो।
दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए। तेस्रो सेट नेपालले २५-१५ ले जित्यो। चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्याए। त्यसपछि पाँचौं सेट १५-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि रक्षा गरेको हो।
याे सँगै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।
यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक नेपाल च्याम्पियन बनेको हो।