म ‘लास्ट बेञ्चरवाला’ हुँ तर आत्तिएको छैन : गगन थापा

रातोपाटी

लोकेन्द्र भट्ट

 

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महामन्त्रीको भूमिकामा खरो रूपमा उत्रिएर सभापतिलाई बल पुर्‍याउने बताएका छन्। पार्टी संरचनामा सभापति शेरबहादुर देउवाको वर्चश्व भए पनि महामन्त्रीका रूपमा काम गर्न चुनौती नहुने थापाको भनाइ छ।

महामन्त्री विश्वप्रकाश शर्मा र आफूबीच पार्टीलाई विधानसम्मत सञ्चालन, आगामी स्थानीय निर्वाचन र सरकार सञ्चारका सन्दर्भमा छलफल भइरहेको थापाले बताए। १४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकपछि रातोपाटीसँग कुराकानीमा थापाले सभापति देउवा र सभापतिका प्रत्याशी शेखर कोइरालाको अभिव्यक्तिले आफू उत्साहित भएको बताए।

महामन्त्री भएपछि  कुनै पनि विषयमा राय आउन ढिला भए पनि अडान भने नबदलिने थापाले बताए। उनले रातोपाटीसँग भने, ‘अब मेरो राय कतिपय कुरामा हिजोको भन्दा ढिलो आउन सक्छ। तर, राय बदलिन्छ भन्ने होइन। म बदलिन्छु भन्ने होइन। आफू उभिएको ठाउँमा पार्टीलाई उभ्याउने कोसिस गर्छु।’

महाधिवेशनपछिको काँग्रेस, महामन्त्री हुँदाको अनुभूति, वरीयता विवाद र देउवाको दोस्रो इनिङको सङ्केतलगायतका विषयमा महामन्त्री थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ –

प्रकाशित मिति: : 2021-12-30 08:47:00

प्रतिकृया दिनुहोस्