चोरको चिहान

शिलापत्र

काठमाडौँ

रोमाञ्चक खबर विद्युतीय गतिमा टोलभरि फिँजियो- नेताले घडेरी किने रे ! हाम्रै टोलमा। घर बनाएर आफैँ बसोबास गर्न !

नेता जस्तातस्ता होइनन्, नम्मरी सुन हुन्। त्यागका कथा र पराक्रमका गाथाले उनको जीवन गरिमामय छ। जीवन-संग्राममा के मात्र झेलेनन् र उनले ? जनतासँग माछा-पानीको साइनो गाँसेर उनले निरङ्कुशतन्त्रको सङ्गीन र बन्दुकको मोहरीलाई हाँक दिएनन् कि! उनले अनेक पटक मृत्युलाई छक्याएनन् कि! कारागारका बिजुलीका तार टाँगेका आकाश छुने पर्खाल उनले नाघेनन् कि! उनले कारागारमुनिको धर्ती फोरेर तानाशाहीको दमनयन्त्रलाई जिल्ल्याएनन् कि! आखिर के मात्र गरेनन् उनले ?

त्यस्ता विरल नेता श्रीकृष्ण उपाध्याय अब हाम्रो टोलमा बस्नेगरी आउँदैछन्। टोलबासीहरू हर्षले गद्गद् छन्, गर्वले पुलकित छन्। वीरको बस्तीमा ठूलो वृक्षको आड लाग्न पाए मुसलधारे पानी पर्दा ओत लाग्न पाइन्छ। चर्को घाम लाग्दा सियाल ताप्न पाइन्छ।

प्रकाशित मिति: : 2022-01-01 12:58:00

प्रतिकृया दिनुहोस्