माेरङ 'ए' डिभिजन लिगः विराटनगरका दुईवटा क्लबकाे जित

माेरङ जिल्ला 'ए' डिभिजन लिग फुटबल शनिबारबाट सुरू भएको छ। विराटनगरको सहिद मैदानमा सुरू भएको पहिलो दिनको खेलमा विराटनगरका दुईवटा क्लबले जित हात पारेका छन्।

प्रतियोगितामा सम्राट स्र्पोटिंग क्लबले माेरङ सुन्दरहरैंचास्थित श्री हरैंचा स्र्पोटिंग क्लबलाई २ शुन्यले पराजित गरेको छ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको सम्राटले दुवै गोल दोस्रो हाफमा गरेको थियो। सम्राटको जितमा सरोज अधिकारी र अर्जुन मगरले गोल गरेका थिए। जित हातपारेपछि क्लबका टीम म्यानेजर निरज श्रेष्ठले खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताए।

विपक्षीसमक्ष सुरुवाती क्रममा गोल गर्न नसकेकोमा उनले आउँदो खेलका लागि खेलाडीले थप मेहनत गर्नुपर्नेमा जोड दिए। त्यसैगरी, आजै भएको अर्को खेलमा साविक लिग बिजेता बेलबारी फुटबल क्लबले पहिलो खेलमा हार ब्यहोरेको छ।

No description available.

बेलबारीलाई विराटनगरको मोतीराम स्पोर्टिंग क्लबले ३ शुन्यले पराजित गरेको छ। मोतीरामको जितमा टेकबहादुर लिम्बू, सागर चौधरी, र घनश्याम चौधरीले समान एक गोल गरेका थिए। जिल्ला फुटबल संघ माेरङका अध्यक्ष दीपेन्द्र धिमालले लिग कम नकआउट का आधारमा सुरु भएको प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैया र ट्रफी हात पार्ने बताए।

प्रतियोगिताको फाइनल खेल पौष २४ गते हुने उनले जानकारी दिए। प्रतियोगिताको उद्घाटन विराटनगरका मेयर भीम पराजुलीले गरेका थिए। प्रतियोगिता अन्तर्गत आइतबार जहदाँ गाँउपालिकाको नवप्रगतिशील क्बलले उर्लाबारी स्पोर्टिग क्लबसंग पहिलो खेलमा र दोस्रो खेलमा साईनो स्र्पोटिंग क्लबले युनाइटेड स्र्पोटिंग क्लबको सामना गर्ने प्रतियोगिताका संयोजक धनकुमार लामाले जानकारी दिए।

लिगमा समूह 'ए' बेलबारी फुटबल क्लब, मोतीराम स्र्पोटिंग क्लब, श्रीहरैंचा स्र्पोटिंग क्लब, र सम्राट स्र्पोटिंग क्लब रहेको छ। त्यसैगरि, समूह 'बी'मा नवप्रगतिशील, उर्लाबारी स्र्पोटिंग, साईनो स्र्पोटिंग क्लब र युनाइटेड स्र्पोटिंग क्लब रहेको छ।

प्रकाशित मिति: : 2022-01-01 18:48:00

प्रतिकृया दिनुहोस्