कानेपोखरीको जंगलमा रतुवामाईका एक व्यक्ति मृत फेला

मोरङको कानेपोखरी जंगलमा एक व्यक्ति मृत फेला परेका छन्। मोरङ रतुवामाई-१० सोमबारेका गोपाल श्रेष्ठ मृत फेला परेका हुन्।

केहि बर्षअघि विदेशबाट फर्किएका श्रेष्ठको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

उनले भने, 'मृत्युको कारण खुलेको छैन, हामी घटनास्थलमा छौँ। मृतकको आफन्त पनि आइपुग्नुभएको छ।'

केहि समय अघि मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी १९ वर्षीया कमला आचार्य बिष सेवन गरेर छटपट्टाई रहेको अवस्थामा फेला परेकी थिइन्।

उनको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। पथरी प्रहरीले सो घटनाबारे पनि अनुसन्धान गरिहेको जनाएको छ। 

प्रकाशित मिति: : 2022-01-04 12:29:00

प्रतिकृया दिनुहोस्