राजाको कम्पनीको जागिर छोडेर भैँसीपालनमा रमाएका राउत, बेच्छन् दैनिक ७ हजार रुपैयाँको दूध

शिलापत्र

काठमाडौँ

काभ्रेको पनौती नगरपालिका– ८, मल्पीका सन्तोषकुमार राउत तीन वर्षदेखि भैँसीपालन कर्ममा छन्। राउत वैदेशिक रोजगारीबाट फर्किएर भैँसी पालनतिर लागेका हुन्।

उनी यूएईका राजाको ‘अलहामल इन्टरनेसल कम्पनी’मा सुरक्षागार्डको रोजगारी गरेर स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै उनले टिपर व्यवसाय गर्थे। टिपर व्यवसाय गर्दागर्दै पछि ‘विन्ध्यवासिनी पशु फार्म’ दर्ता गरेर भैँसीपालन सुरु गरेको उनले बताए।

अहिले उनको फार्ममा आठवटा मुरा र लिने जातका भैँसी छन्। केही महिनाअघिसम्म उनको फार्ममा १८ वटा भैँसी थिए। गोठमा आगलागी हुँदा माउपाडा गरी १० वटा भैँसी जलेर मरे। राउतले भैँसीपालनका लागि करिब ८० लाख रुपैयाँ लगानी गरेका छन्।

प्रकाशित मिति: : 2022-01-06 08:40:00

प्रतिकृया दिनुहोस्