उत्तर काेरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्‍याे निन्दा

File Photo
File Photo

उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन्। उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन्।

‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ। त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ।

सो व्यालिस्टिक मिसाइल करिव ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन्।

परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ।

उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो। उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ। आफूमाथि लागेका प्रतिबन्ध हटे मात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ। 
 

प्रकाशित मिति: : 2022-01-06 08:54:00

प्रतिकृया दिनुहोस्