कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतमा अल्ट्रा धाविका सुनमायालाई स्वागत

हालै थाइल्यान्डमा सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी जुम्लाकी अलट्रा धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार सुर्खेतमा स्वागत तथा सम्मान गरेको छ।

११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगीतामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वागत गनरेका हुन।

सोमबार प्रदेश राजधानी वीरेन्द्रनगर आइ पुगेकी सुनमायालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो। मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए।

'खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको छ,' उनले भने, 'कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको छ।'

मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए। उनले भने, 'प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ।'

प्रकाशित मिति: : 2022-01-10 13:32:00

प्रतिकृया दिनुहोस्