'पहिले अनुहार हरेरै कैदी चिनिन्थे, अहिले त पब्लिक र कैदी छुट्याउनै गाह्रो !'

उकेरा

काठमाडौँ

केन्द्रीय कारागार प्रवेश गर्ने वित्तिकै बायाँतिर कारागार प्रशासनको भवन छ। उक्त भवनको मुल ढोकामा आर्कषक फ्रेमसहित एउटा फोटो टाँगिएको छ।

फोटोमा छन्, भादगाँउले टोपी, निधारमा चन्दन र स्टकोट लगाएका हँसिला जेष्ठ नागरिक।

ती व्यक्ति हुन्, जगन्नाथ देवलस्थित केन्द्रीय कारागार कार्यालयका कार्यालय सहयोगी गोविन्दप्रसाद कँडेल। र, त्यो फोटो उनै कँडेलले उत्कृष्ट निजामती कर्मचारी अवार्ड पाउँदाको हो।

वि.सं. २००० को सुरुवातमा रोजीरोटीको सिलसिलामा नुवाकोटबाट बसाइ सरेर काठमाडौंको सामाखुसीमा आएको थियो गोविन्दको परिवार। २००६ सालमा सामाखुसीमै जन्मिए गोविन्द। 

उनी जन्मिएको एक वर्ष पनि नबित्दै देशमा २००७ सालको परिवर्तन आयो। तर त्यो परिर्वतनले उनको परिवारलाई खसै फरक पारेन।

प्रकाशित मिति: : 2022-01-10 14:17:00

प्रतिकृया दिनुहोस्