फोनिज प्रदेश १ को महाधिवेशन मन्त्री आङबोले उद्घाटन गर्ने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर १ को प्रादेशिक महाधिवेशनको तयारी पुरा भएको छ। यही मंगलबार र बुधबार मोरङ पथरीमा र हुन गइरहेको महाधिवेशन प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले उद्घाटन गर्ने छन्। 

‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन सम्पन्न हुन गइरहेको अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिए। 

महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरिने भएको छ । महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-10 18:52:00

प्रतिकृया दिनुहोस्