दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने 

सन्धिखर्क नगरपालिका-८ का  दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ।

२९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए।  सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए। 

२८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ। 

प्रकाशित मिति: : 2022-01-11 09:19:00

प्रतिकृया दिनुहोस्