नेपाली सेनाका राई र बुढाले जिते मेयर कप हाफ म्याराथनको उपाधि

नेपाली सेनाका गजेन्द्र राई र विश्वरुपा बुढाले मेयर कप हाफ म्याराथनको उपाधि उचालेका छन्।

पुरुषतर्फ राईले निर्धारित २१ किलोमिटर दुरी एक घण्टा ३६ मिनेट १२ सेकेण्डमा डौड पूरा गर्दै मेयर कप हात पार्न सफल भए।

त्यस्तै एक घण्टा ३६ मिनेट २४ सेकेण्डमा दौड पूरा गरेर श्रीकास राई द्वितीय, एक घण्टा ३८ मिनेट ११ सेकेण्डमा दौड सकेर नवराज साउद तृतीय र चौथो रामजी बस्नेतले एक घण्टा ४१ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पूरा गरेका थिए।

महिलातर्फ म्याराथानमा नेपाली सेनाकै विश्वरुपा बुढाले एक घण्टा ५६ मिनेट ५ सेकेण्डमा दौड पुरा गरर पहिलो उपाधि उचालेकी हुन्।

दुई घण्टा १३ मिनेट १७ सेकेण्डमा डौड पुरा गर्दै हुमी बुढामगरले दोस्रो र २ घण्टा २० मिनेट ८ सेकेण्डमा दौड पुरा गर्दै निर्मला राई तेस्रो भइन्।

प्रथम विजेताले ४४ हजार ४ सय ४४, दोस्रोले २२ हजार २ सय २२, तेस्रोले ११ हजार १ सय ११ र चौथोले ५ हजार ५ सय ५५ नगद सहित मेडल, प्रमाणपत्र पाएका थिए।

त्यसैगरी ४०–५९ उमेर समूहको भेट्रान्स महिलातर्फ प्रथम राधा श्रेष्ठ, द्वितीय उमाकुमारी दंगाल र तृतीय सुस्मा पाण्डे भएकी थिइन्।

पुरुषतर्फ भने भिमबहादुर गुरुङले प्रथम , धर्म महर्जन दोस्रो र दामोदर बुढामगर तेस्रो भएका थिए। सुपर भेट्रान्सतर्फ भने रामकृष्ण महर्जन, पुष्पलाल श्रेष्ठ र गोविन्द सिलवाल क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए।

जिल्लातर्फ भने पीपलडाँडाका शिवकुमार पहिलो भए। प्रतियोगितामा दक्षिण एशियाली कीर्तिमानी धावक बैकुण्ड मानन्धर डौडमा हौसला बढाउन उपस्थित थिएका थिए।

वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेको म्याराथन डौडमा किर्तिमानी धावक मानन्धरलाई सम्मान र विजेता टिमलाई जनप्रतिनिधि र सुरक्षाकर्मीले पुरस्कार वितरण गरेका थिए।

उक्त मेयर कप म्याराथन डौडमा जिल्लाभरका एक सय ७० धावक धाविका सहभागी थिए। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजन र चौसागढी नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार साँगाचोकगढीबाट म्याराथन डौड प्रतियोगिता भएको हो।

प्रकाशित मिति: : 2022-01-11 17:50:00

प्रतिकृया दिनुहोस्