टाइगर कप भलिबल: न्यु डायमण्डसँग आयोजक सोझो सेटमा पराजित

टाइगर कप दोस्रो आमन्त्रित महिला तथा पुरुष क्लबस्तरीय भलिबल च्याम्पियन सिपमा त्रिभुवन आर्मीको महिला तथा पुरुष टोलीले जित निकालेको छ। विभागीय डर्बी प्रतिस्पर्धामा आर्मीले सशस्त्र प्रहरी बलको टोलीलाई पराजित गरेको थियो।

पुरुषतर्फ नेपाल पुलिस क्लब दोस्रो जितसँगै टाइगर कप क्लब च्याम्पियनसिपको उपाधि निकट पुग्दा महिलामा एपीएफ दोस्रो हारसँगै दोस्रो टाइगर कप क्लब च्याम्पियनसिपको उपाधिबाट लगभग बाहिरिएको छ। आर्मीसँग एपीएफ ३–१ को सेटमा पराजित भएको हो।

पुरुषतर्फको स्पर्धामा हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो सेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ। गण्डकीले पहिलो सेटमा अग्रता जोगाउन नसक्दा पुलिसलाई सुम्पिएको हो।

घरेलु कोर्टमा टाइगर ग्रुप अफ पोखराले आफ्नो पहिलो खेल गुमाएको छ। न्यु डायमण्डले आयोजकलाई हराउँदै जारी प्रतियोगितामा दोस्रो जित निकाल्यो।

डायमण्डले सोझो सेटमा आयोजकलाई हराएको हो। राष्ट्रिय कप्तान अरुणा शाहीको कप्तानीमा मैदान छिरेको आयोजकले श्रीलंकाबाट खेलाडी भित्र्याएको थियो। 

प्रकाशित मिति: : 2022-01-11 18:38:00

प्रतिकृया दिनुहोस्