अभिशाप बन्यो युरेनियम खानी

गोरखापत्र

काठमाडाैँ

बस्ती नजिकै प्राकृतिक स्रोत, सम्पदा उपलब्धता हुँदाको प्रत्यक्ष अप्रत्यक्ष फाइदा स्थानीय बासिन्दाले मनग्गे लिने गरेका उदाहरण धेरै भेटिने गरेका छन् ।

प्राकृतिक सम्पदा वरदान साबित हुँदा स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि भई जीवनशैलीमा पनि परिवर्तन हुने गरेको छ तर मकवानपुरको चुरे, शिवालिक भेगका बासिन्दाका लागि बस्ती नजिकै रहेको युरेनियम खानी वरदान होइन, अभिशापजस्तै भएको छ ।

खानी नजिकका बासिन्दा वर्षाैंदेखि युरेनियम विकिरणयुक्त पानी खान बाध्य हुँदै आएका छन्, जसका कारण यहाँका बासिन्दा जटिल खालका रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाको बकैया गाउँपालिका–२ स्थित धियाल क्षेत्रमा खोज अनुसन्धानबाट युरेनियमको खानी भेटिएको पत्ता लागेको लामो समय भइसक्दासमेत उचित व्यवस्थापन नहँुदा स्थानीयवासीका लागि युरेनियम खानी दुःख बन्दै आएको छ । खानी नजिकका बासिन्दालाई रोजगारीका अवसर दिनुपर्ने बेलामा खानी पत्ता लागेर पनि सुखको अनुभूति गर्न सकेका छैनन् ।

प्रकाशित मिति: : 2022-01-14 07:35:00

प्रतिकृया दिनुहोस्