खुसी खोज्ने हो भने कर्णाली जानू

राजधानी दैनिक

काठमाडाैँ

अहिले कर्णाली क्षेत्रमा निकै कष्ट छ । डाँडापाखामा सेतमम्मे हिउँ छन् । चौंरी र भेडा लिएर लेक चढेकाहरू भटाभटी बेसी झर्दै छन् । जाडो असाध्यै बढेको छ । कति ठाउँमा तापक्रम माइनसमा छ ।

उकालो ओरालो । हिँड्ने बाटो साँघुरो । त्यस भेगका मान्छेका दुःख कति हो कति । काठमाडौंमा बसेर सुन्दा यस्तै लाग्छ । ‘कर्णाली भनेकै दुःखै दुःखको भारी हो । त्यस्तो दुःख अन्त कतै छैन ।’ तर, नायिका सुरक्षा पन्तलाई कर्णालीवासी दुःखी जस्तो लाग्दैन ।

उनी अहिले कर्णाली क्षेत्रको तिनै सुख्खा डाँडामा हिँउ परेको तस्बिर हेरेर रोमाञ्चित छिन् । एक महिनाअघि मात्रै अपर डोल्पाको सु गाउँबाट फर्केकी सुरक्षालाई लागेको छ, ‘सुटिङ केही दिन लम्बिएको भए त म पनि हिउँसँग रमाउन पाउने थिएँ, कर्णालीवासी जस्तै ।’ दुई महिना हिमाली क्षेत्रमा बसेर काठमाडौं फर्किएकी सुरक्षा पहिलो एक महिना विदेशी फिल्मको सुटिङका क्रममा मनाङ बसिन् ।

प्रकाशित मिति: : 2022-01-14 07:38:00

प्रतिकृया दिनुहोस्