नायिकाको डोल्पा डायरी : खुसी खोज्ने हो भने कर्णाली जानू

अहिले कर्णाली क्षेत्रमा निकै कष्ट छ। डाँडापाखामा सेतमम्मे हिउँ छन्। चौंरी र भेडा लिएर लेक चढेकाहरू भटाभटी बेसी झर्दै छन्। जाडो असाध्यै बढेको छ। कति ठाउँमा तापक्रम माइनसमा छ।

उकालो ओरालो। हिँड्ने बाटो साँघुरो। त्यस भेगका मान्छेका दुःख कति हो कति। काठमाडौंमा बसेर सुन्दा यस्तै लाग्छ। ‘कर्णाली भनेकै दुःखै दुःखको भारी हो। त्यस्तो दुःख अन्त कतै छैन।’ तर, नायिका सुरक्षा पन्तलाई कर्णालीवासी दुःखी जस्तो लाग्दैन।

उनी अहिले कर्णाली क्षेत्रको तिनै सुख्खा डाँडामा हिँउ परेको तस्बिर हेरेर रोमाञ्चित छिन्। एक महिनाअघि मात्रै अपर डोल्पाको सु गाउँबाट फर्केकी सुरक्षालाई लागेको छ, ‘सुटिङ केही दिन लम्बिएको भए त म पनि हिउँसँग रमाउन पाउने थिएँ, कर्णालीवासी जस्तै।’ दुई महिना हिमाली क्षेत्रमा बसेर काठमाडौं फर्किएकी सुरक्षा पहिलो एक महिना विदेशी फिल्मको सुटिङका क्रममा मनाङ बसिन्।

प्रकाशित मिति: : 2022-01-14 11:04:00

प्रतिकृया दिनुहोस्