एकैदिन थपिए ५ हजार ८७ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० जनाको नमूना परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये ४२०४ पीसीआर र ८८३ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ।

यसैगरी गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ 

प्रकाशित मिति: : 2022-01-14 16:25:00

प्रतिकृया दिनुहोस्