युएईको अबुधाबीमा यमनको विद्रोही समूहले गर्‍यो विस्फोट: तीनको मृत्यु, ६ जना घाइते

गल्फ न्यूज
गल्फ न्यूज

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा तेल ट्यांकर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

युएई भएको उक्त घटनाको जिम्मेवारी यमनको विद्रोही समूह ‘हुथी’ले लिएको प्रहरीले बताइएको छ।  

सोमबार दिउँसो अबुधाबीको एयरपोर्ट नजिकै तीन वटा तेलका ट्यांकर विस्फोटन पछि आगजनी भएको थियो। विमानस्थल परिसरमा भएको आगलागी  साधारण भएपनि दुई भारतीय र एक पाकिस्तानी नागरिकको निधन भएको सञ्चार माध्यमले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट गराउनको लागि ड्रोन प्रयोग गरिएको हुन सक्छ।

यमनको सरकारसँग असन्तुष्ट ‘हुथी विद्रोही’ समूहले त्यहाँ समानान्तर सरकारमार्फत शासन चलाइरहेको छ।  साउदी अरबको नेतृत्वमा रहेको हुथी विरोधी गठबन्धनमा युएई पनि सामेल छ।  

हुथी र साउदी अरबबीच भएका आक्रमणका कारण हजारौँको सङ्ख्यामा मानिसको निधन भइसकेको छ।

यमनको सत्ता पक्ष र हुथीबीचको तनावपूर्ण सम्बन्धका कारण त्यस क्षेत्रमा पैदा भएको अशान्तले संसारकै सबै भन्दा नराम्रो मानव-अधिकार सङ्कटको चेतावनी संयुक्त राष्ट्रिय सङ्घले बेलाबेलामा दिँदै आएको छ।

‘हुथी समूह’ले अबुधाबीमा भएको विस्फोटका साथै एक आणविक भट्टीमा भएको विस्फोटको जिम्मा लिएको छ। युएईको सरकारले भने यस्तो कुनै विस्फोट नभएको बताएको छ।
 
 

प्रकाशित मिति: : 2022-01-17 20:45:00

प्रतिकृया दिनुहोस्