कोभिड-१९ संक्रमण तीब्र भएकै समयमा पोखराको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्डकप बिहिबारदेखि सुरु हुने भएको छ।
आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालनको जानकारी गराइएको हो। स्टेडियमको क्षमताको तुलनामा एक तिहाई मात्र दर्शक राखेर प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।
२०औँ संस्करणमा १० टीमको सहभागिता रहनेछ। आयोजक सहारासहित मनाङ मर्स्याङ्दी क्लब, थ्रिस्टार क्लब, मच्छिन्द्र क्लब, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, एपिएफ, बीवाईसी, हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन्। आहा रारा गोल्डकप ठूलो प्रतियोगिता हो।
प्रतियोगिताबाट आम्दानी रकम क्लबले सञ्चालन गर्दै आएको एकेडेमीमा खर्च गर्नेछ। एकेडेमीमा विभिन्न १४ जिल्लाका २४ जना आश्रित छन्। १९औँ संस्करणको उपाधी संकटा क्लबले जितेको थियो। उद्घाटन खेलमा आयोजक सहारा र एपिएफबीच प्रतिस्पर्धा हुनेछ।