एउटै लक्ष्य, जनतालाई धनी बनाउने

विकास निर्माणका कार्यहरू के कसरी भइरहेका छन् ?

निर्वाचनको बेला पार्टीको तर्फबाट जारी गरिएको घोषणापत्र र प्रतिबद्धताअनुसार काम भइरहेको छ। सडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका काम गरिरहेका छौं।

निर्वाचनको बेला नागरिकसँग गरिएको वाचाहरू सबै पूरा भए ?

जनतासँग गरिएका प्रतिबद्धताको ७० प्रतिशत काम सम्पन्न भएका छन्। भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत्को क्षेत्रमा काम गर्ने प्रतिबद्धता गरेका थियौं। सोहीअनुसारको काम भएको छ।

विकास निर्माणको काम गर्ने क्रममा के, कस्ता अवरोधहरू आए ?

रामेछापको आठ स्थानीय तहमध्ये उमाकुण्ड भौगोलिक रूपमा विकट छ। विकास निर्माणमा धेरै बजेट आवश्यक हुन्छ। भौगोलिक विकटताको कारण घरबस्तीहरू टाढाटाढा छन्। तर यो गाउँपालिकामा विकास बजेट कम आउँदा समस्य भएको छ।

सडकको अवस्था कस्तो छ ?

विकास निर्माणमा साझा धारणा बनाएर काम गरिरहेका छौं। गाउँपालिकाको केन्द्रलाई मध्यनजर गरी, सातवटै वडामा हिउँदभरि यातायात चल्ने बनाएका छौं। सदरमुकाम मन्थलीबाट गाउँपालिका आउने मुख्य सडकको डीपीआर गरेर कालोचौतारादेखि सिँगटीसम्म कालोपत्रेको काम भइरहेको छ।

प्रकाशित मिति: : 2022-01-19 10:10:00

प्रतिकृया दिनुहोस्