काेराेनाकाे दाेस्राे लहरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २३ जना संक्रमितकाे मृत्युु भएकाे छ।
प्रतिष्ठानमा ०७७ वैशाख २० गतेदेखि कोभिड परीक्षण ल्याव सञ्चालनमा आएको थियाे। संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियाे। यसमध्ये ४ सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो।
दोस्रो लहरमा जुम्लामा ०७८ वैशाखदेखि संक्रमण देखिएको हो। ३ हजार ८ सय २१ जनाको पिसिआर परीक्षणमध्ये १ हजार २ सय २४ जनामा संक्रमण देखिएको थियो।
त्यस्तै ३ हजार ८ सय २ जनाको एन्टीजोन परीक्षणमध्ये ४ सय ५६ जना संक्रमित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जम्मा १ हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
जिल्लामा ५० हजार ९ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन्। पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ जना रहेका छन्।