ओलीलाई 'ट्रयाप' मा पार्ने, आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने गठबन्धनको रणनीति

सेतोपाटी

अमित ढकाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आउँदो वैशाखमा संघीय चुनाव गर्ने र स्थानीय चुनाव सारेर कात्तिक वा मंसिरमा गर्ने प्रस्ताव गरेपछि राजनीति तरंगित भएको छ।

एमाले नेताहरूले स्थानीय चुनाव कसैगरी सार्न नपाइने बताइसकेका छन्। अब केही समय दलहरूबीच यसै विषयलाई लिएर माथापच्ची र रडाको चल्ने सम्भावना छ।

प्रचण्डले किन अकस्मात् यो प्रस्ताव ल्याए? त्यसभित्रको राजनीतिक स्वार्थ के हो? संघीय चुनाव वैशाखमा गर्ने प्रस्तावले एमालेलाई कति अप्ठ्यारो पर्छ? अबको राजनीति कसरी जान्छ? यसको अन्तिम निकास के हुन सक्छ? यिनै प्रश्नको उत्तर समेटेर हामीले पाँचबुँदे 'राजनीतिक ब्रिफिङ' तयार पारेका छौं।

१) एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेदेखि संसद चल्न दिएका छैनन्। हरेक भाषणमा उनले यो सरकारलाई 'परमादेशको सरकार' भन्दै लाञ्छित गर्छन्। जबकि, संसदीय व्यवस्थामा प्रधानमन्त्री छान्ने नै सांसदहरूले हो। बहुसंख्यक सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर दिएको निवेदन उनले अस्वीकार गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-01-20 22:21:00

प्रतिकृया दिनुहोस्