अनि भिलेन बने प्रशान्त

एक दशकअघिसम्म नेपाली चलचित्रको ‘खलनायक’ भन्ने बित्तिकै आम दर्शकको मस्तिष्कमा कस्तो चित्र आउथ्यो ? लामो कपाल, डरलाग्दो शरीर, डरलाग्दो बोली र सोहीअनुसारको पहिरन।

चलचित्रमा उनीहरुको भूमिका पनि त्यस्तै हुन्थ्यो। आम नागरिकमाथि अन्याय र अत्याचार गर्ने, हिंसात्मक गतिविधि गर्ने, समूह निर्माण गरेर आपराधिक काम गर्ने, मारकाटमा उत्रने इत्यादी।

यसकारण चलचित्रमा खलनायकको भूमिकामा रहेर काम गर्ने पात्रहरुप्रति वास्तविक जीवनमा आम नागरिकको धारणा नकारात्मक नै रहन गयो। ‘रिल’मा मात्र नभएर ‘रियल’मा पनि भिलेनसँग मानिसहरु डराउँने र सकेसम्म टाढिन्थे। जबकि ‘हिरो’सँग मानिसहरूको सामीप्य नै बेग्लै हुन्थ्यो।

तर, अहिले त्यो बुझाइलाई प्रशान्त ताम्राकारले भत्काइदिएका छन्। अर्थात्, एउटा भिलेन पनि ह्यान्डसम हुन सक्छन्, आम मानिस पनि चलचित्रका भिलेनसंग नजिकिन चाहन्छन् भन्ने मान्यता उनले स्थापित गरिदिएका छन्।

प्रकाशित मिति: : 2022-01-23 16:01:00

प्रतिकृया दिनुहोस्