युभेन्टस र मिलानले अङ्क बाँडे

फाइल तस्वीर
फाइल तस्वीर

इटालियन सिरी ‘ए’मा युभेन्टस र एसी मिलानले बराबरी खेल्दै अङ्क बाँडेका छन्। आइतबार राति मिलानको मैदानमा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन्। 

सान सिरोमा भएको सो खेलको निर्धारित समय दुवै टिमले गोल गर्न सकेनन् र दुवै टिमले एक–एक अङ्क बाँडेका हुन्। 
बराबरीसँगै तेस्रो स्थानको मिलानले २३ खेलमा ४९ अङ्क जोडेको छ। उसले दोस्रो स्थानमा रहेको नापोलीसँग अङ्क बराबरी गरेको छ। युभेन्टस भने ४२ अङ्कका साथ पाँचौँ स्थानमा छ। 

प्रकाशित मिति: : 2022-01-24 07:41:00

प्रतिकृया दिनुहोस्