चेल्सीले टोटनह्यामलाई हरायो

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्याम हटस्परलाई हराएको छ। आइतबार राति घरेलु मैदानमा चेल्सीले टोटनह्याममाथि २–० गोलको जित निकालेको हो। 

स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन हाकिम जिएच र थियागो सिल्भाले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले जित दर्ता गरेको हो। 

खेलको ४७औँ मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए। ५५औँ मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाएका हुन्। 

जितसँगै तेस्रो स्थानको चेल्सीले २४ खेलमा ४७ अङ्क जोडेको छ। टोटनह्याम भने ३६ अङ्कसहित सातौँ स्थानमा छ। उसले २० खेल खेलेको छ। 
 

प्रकाशित मिति: : 2022-01-24 07:44:00

प्रतिकृया दिनुहोस्