ट्याटु आर्टिस्ट सुमिना भन्छिन्ः परिवारको सहयोग बिना महिलालाई यो क्षेत्रमा गाह्रो छ

देशसञ्चार

सपना न्‍यौपाने

पहिलो पटक दिदीको शरीरमा ट्याटु खोपेको अस्तिजस्तो लाग्छ सुमिना श्रेष्ठलाई। तर पाँच वर्ष बितिसक्यो उनले ट्याटु खोप्न थालेको.

सुमिनाको सानैदेखि कलामा रुचि थियो। तर भविष्यमा के गर्ने भन्नेबारे धेरै चिन्तित भएर सोचेकी थिइनन्। आफूमा भएको प्रतिभा चिन्न नसक्दा उनले निकै भौँतारिनु पर्‍यो। के काम गर्ने भनेर लिस्ट नै बनाइन्। जे काम गर्दा पनि सन्तुष्टि मिल्दैनथ्यो.२०७२ सालको भुकम्पपछि अब केही गर्नुपर्छ भन्ने सोचाइ आयो सुमिनालाई। त्यतिबेला एउटा प्रोजेक्टमा सहभागी हुने क्रममा उनले ट्याटु बनाउने धेरै साथीहरु भेटिन्। साथीहरुले उनको प्रतिभालाई थप प्रोत्साहन गरे, जसका कारण उनी घरमै अभ्यास गर्न थालिन्।

प्रकाशित मिति: : 2022-01-25 15:39:00

प्रतिकृया दिनुहोस्