१० वर्षअघिको त्यो विवादास्पद चित्रकला प्रदर्शनी

सन्दर्भ सन् २०१२ सेप्टेम्बरको हो। स्थान बबरमहल रिभिजिडेटस्थित सिद्धार्थ आर्ट ग्यालरी, जहाँ कलाकार मनीष हरिजनको ‘द राइज अफ कोलेटरल’ नामक कला प्रदर्शनी जारी थियो। त्यसमा उनका करिब एक दर्जन चित्रकला प्रदर्शनीमा राखिएका थिए।

अगस्टबाट सुरु भएको उक्त प्रदर्शनीको समयसीमा सेप्टेम्बरको आधासम्म थियो। सेम्टेम्बर ११ मा एउटा विवादास्पद घटना हुन पुग्यो। भारतीय राजदूतावास विद्यालयका शिक्षकसमेत रहेका कलाकार हरिजन आफ्नै प्रदर्शनी भइरँदा पनि दिनदिनै जान भ्याइरहेका थिएनन्। त्यस दिन भने उनी अपराह्नतिर ग्यालरीमा पुगेका थिए।

त्यस दिन उनी अर्का कलाकार जुपिटर प्रधानसँग चित्रकला प्रदर्शनीको कार्यपत्र बनाउने विषयमा भलाकुसारी गर्नमा व्यस्त थिए। त्यहीबेला केही मानिस हुल बाँधेर ग्यालरीमा पसे। निकै आक्रोशमा देखिएका उनीहरूले भने, ‘यो चित्र बनाउने को हो?’ कलाकार हरिजनले भने, ‘हजुर मै हुँ। त्यस्तो केही थियो कि चित्रबारे बुझ्नुपर्ने?’

प्रकाशित मिति: : 2022-01-27 11:48:00

प्रतिकृया दिनुहोस्