थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

बिएल संवाददाता

कोरोना अपडेट
File Photo
File Photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १६ हजार ८८ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ७२ जनाको पीसीआर र १ हजार ८ सय २० जनामा एन्टीजेन पोजेटिभ देखिएको हो। पछिल्ला केही दिनमा नेपालमा परीक्षण घटेसँगै संक्रमितको संख्यामा समेत कमि आएको छ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ७९ हजार २ सय ७२ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-31 17:21:00

प्रतिकृया दिनुहोस्