नेपाल आयल निगमले ८४ रुपैयाँमा किन्ने पेट्रोललाई किन उपभोक्ताले १४२ रुपैयाँ तिर्नुपरेको छ?

बिबिसी

काठमाडौँ

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दुई साताभन्दा कम समयमा दोस्रो पटक बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

तर नेपाल आयल निगम अझै १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटामा रहने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन्।

"मङ्गलवार रातिको मूल्य समायोजनपछि पनि हामीलाई पेट्रोलमा १३.२३ रुपैयाँ र डिजेलमा ११.१३ रुपैयाँ घाटा छ," प्रवक्ता उपाध्याय भन्छन्।

"देश बाहिरबाट किनेर ल्याउने यस्तो पदार्थको मूल्यलाई हामीले कहिलेसम्म रोकेर राख्ने भन्ने प्रश्न उठ्न थालेको छ।"

प्रकाशित मिति: : 2022-02-02 18:06:00

प्रतिकृया दिनुहोस्