अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

AP Images
AP Images

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे।  साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे। 

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: : 2022-02-03 07:31:00

प्रतिकृया दिनुहोस्